बैशाख १४, २०८१, शुक्रबार
               

पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही किन नगर्ने ? : ओली

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । मंगलबार अध्यक्ष ओलीले एक पत्रमार्फत् उनीहरुलाई स्पष्टीकरण सोधेका हुन् । 

नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको गरेको भन्दै उनले पठाएको पत्रमा भनिएको छ, ‘तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’

पत्रमा यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने उल्लेख छ । 

पुस ५ मा प्रधाकनमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाल पक्ष उनीसँग असन्तुष्ट हुँदै आएको छ । फागुन २३ को सर्वोच्चको फैसलाअघि उनी नेकपाका अर्का अध्यक्ष दाहाल समूहमा रहँदै आएका नेपाल र ओली अझै विपरीत ध्रुवझै छन् ।  

यो पनि