जेठ ०३, २०८१, बिहीबार
               

सभामुख सापकोटाविरुद्धको द्वन्द्वकालिन तीन मुद्दाको पेशी आज

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध चर्को अभिव्यक्ति दिएसँगै सर्वोच्च अदालतमा आज सापकोटाविरुद्धका द्वन्द्वकालिन तीन मुद्दाको पेशी चढेको छ । एमसिसी प्रकरणमा सभामुख र प्रधानमन्त्रीबीच विवाद चर्केको बेला आएको एकमुष्ठ पेशी चढ्नुले बाघ कराउनु र बाख्रा हराउनु भनेझैँ संयोग मिल्न गएको छ ।

सापकोटा सञ्चार मन्त्री हुँदा १० वर्षअघिको काभ्रेमा अर्जुन लामाको हत्यासम्बन्धी मुद्दा यतिखेर बल्झिएको छ ।एकातिर सभामुखको भूमिकालाई लिएर प्रधानमन्त्रीले चर्को आलोचना गर्नु, अर्कोतिर संसद अधिवेशन अन्त्य गरिएको भोलिपल्ट पेशी चढ्नुलाई व्यवस्थापिका प्रमुखलाई खुस्काउनै खोजिएको संकेत देखिन्छ । दोषी ठहर गरेर सभामुख हटाउन खोजेकाे सन्देश प्रवाह भएको छ । अर्कोतिर अदालतमा सभामुखविरुद्ध एक दशकअघिका मुद्दा एकमुष्ठ पेशी चढ्नुुले देशकाे राजनीति एकाएक तातिएकाे हाे । 

एमसिसिलगायतका विषयलाई संसदमा टेबल गर्न नदिएकाे भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सभाखदेखि असन्तुष्टी हुँदै आएका छन् । प्रधानमन्त्री ओलीले चार वर्षअघि तत्कालीन सरकारले गरेको ५० करोड डलरको एमसिसिकाे समहति अझैसम्म सरकारले संसदबाट अनुमोदन गर्न सनक्नुमा सभामुख अग्नि सापकोटा र पूर्वसमभामुख कृष्णबहादुर महरालाई दोष दिँदै आएका छन् । 

फागुन २३ गते सुरु भएको प्रतिनिधिसभाको बैठक नौ पटक बसिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली सबै बैठकमा अनुपस्थिति अुनुलाई पनि  प्रधानमन्त्री र सभामुखको तकरावकै कारण बुझिएकाे छ । गत शनिबार बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आवश्यक परे सभामुख सापकोटालाई हटाउनुपर्नेसम्मको प्रस्ताव राखेका थिए  । ओलीले प्रतिनधिसभाले बिजनेस नपाउनुमा सापकोटालाई दोष दिएका छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई अघि नबढाएकाेमा सापकोटासँग ओली बढी रुष्ट देखिन्छन् । 

बैठक चालू भएको डेढ महिनासम्म अधिकाँश बैठक शोक प्रस्तवमै सीमित हुँदै सोमबार हिउँदे अधिवेशन अन्त्य भएकाे हाे भने त्यस लगत्तै  सभामुखविरुद्धका ३ मुद्दाकाे पेशी चढ्नुलाई अर्थपूर्ण मानिएकाे छ । 

यो पनि