जेठ ०६, २०८१, आइतबार
               

नेपाल समूहका २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले २० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बसेको नेकपा एमालेको सो बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको भन्दै सो निर्णय गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको सो बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २० जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकले उनीहरुमाथि कारबाही गर्ने एक नेताले बताए ।


कस्तो लाग्यो ?

यो पनि