जेठ ०४, २०८१, शुक्रबार
               

कम्युनिस्ट अन्दोलन खाडलमा हाल्न खोजे नेपाललाई कारबाही हुन्छ : ओली

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् ।सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् ।  सो क्रममा प्रधानमन्त्री ओलीले भने, ‘माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुन्छ ।’

कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उनले माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको बताए । 

‘अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ,’सो क्रममा अध्यक्ष ओलीले भने । 

नेपाल समूहले (माओवादी केन्द्रका अध्यक्ष) प्रचण्डको पाउमा एमाले पार्टी चढाउन खोजेको र कांग्रेस लगायत गैरकम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्छौं भन्दै हिँडेको उनको आरोप छ ।

यो पनि