जेठ ०५, २०८१, शनिबार
               

सांसद र मन्त्री पद गएकै दिन थापा पुन: गृहमन्त्रीमा नियुक्ति हुँदै

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थपा (बादल)लाई पुन: गृहमन्त्रीको पद तथा शपथको तयारी भइरहेको छ । माओवादी केन्द्रले कारबाही गरी सोहीबमोजिम राष्ट्रिय सभा र गृहमन्त्रीबाट पद गुमाएकै दिन गृहमन्त्री थापालाई पुन सोही पदको शपथको तयारी भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।बादलको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण गराउने तयारी भइरहेको छ ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए। उनी २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

आइतबार संघीय संसद् सचिवालयले थापा दुवै पदबाट पदमुक्त भएको सूचना टाँस गरेको थियो । 

उनलाई संविधानको धारा ७८ (२) अनुसार आजै ६ महिनाको लागि मन्त्री नियुक्ति गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ । संविधानमा सांसद पदमा बहाल नरहे पनि ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था छ ।

मौजुदा मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी सांसद छैनन् । त्यस्तै, खानेपानीमन्त्री मणिचन्द्र थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि गैरसांसद हुन् ।


कस्तो लाग्यो ?

यो पनि