बैशाख १६, २०८१, आइतबार
               

गयो गृहमन्त्री थापाको सांसद पद

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल'को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद  पनि गुमेको छ।

आइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त भएको निर्णय गरेसँगै गृहमन्त्रीको सांसद पद खारेज भएको हो ।

नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो। सोहीबमोजिम  संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको हो।

२०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो। चिठ्ठा तान्दा उनको कार्यकाल ६ वर्ष परेको थियो। ओलीतिर लागेको भनेर पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य तीन वर्षमै सीमित भएको हो । 

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमालेमा समाहित भएका थिए । 

थापाको पद गुमेपछि अब उनले पुन: मन्त्री बन्न संविधानअनुसार शपथ लिनुपर्ने भएको छ ।सांसद नरहेको व्यक्ति बढीमा ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था छ । 

यसअघि माओवादीले कारबाही गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो । उनीहरुले पनि सांसद पद गुमेसँगै पुन:  मन्त्री पदको शपथ लिएका थिए ।

यो पनि