बैशाख १६, २०८१, आइतबार
               

सकियो सर्वदली बैठक : चाँडो राजनीतिक निकास दिन कांग्रेसको सुझाव

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वदली बैठक सकिएको छ । कोरोना तथा समसामयिक छलफलका लागि प्रधानमन्त्रीको आह्वानमा बसेको सो बैठक सकिएको हो । सर्वदलीय बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेसले लामो समय राजनीतिक संकट निम्तिँदा अन्य क्षेत्रमा पनि असर पर्ने भन्दै छिटो गतिरोध अन्त्यका लागि पहल गर्न ओलीलाई सुझाव दिएको हो ।

शनिबार बसेको सो सर्वदलीय बैठकमा नेपका माओवादी अनुपस्थित थियो भने जसपाबाट महन्थ ठाकुर उपस्थित थिए । तर, जसपाका नेता उपेन्द्र यादव र बाबुराम भट्टराईले आफूलाई सर्वदलीय बैठकबारे जानकारी नभएको भन्दै अनुपस्थित थिए । 

यो पनि