बैशाख १६, २०८१, आइतबार
               

सभामुखले संसदीय काममा भाँजो हाले : प्रधानमन्त्री

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदीय कामकारबाहीमा भाँजो हालेको बताएका छन् । 

शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकका क्रममा प्रधानमन्त्री ओलीले सभामुखको अराजकताका कारण सरकारले काम गर्न नसकेको दाबी गर्दै सो बताएका हुन् । 

बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भनेर सुझाव समेत मागेका छन् । 

बैठकको सुरुमै बोल्दै ओलीले लामो समयदेखि सबै दलसँग भेटघाट तथा छलफल नभएको भन्दै सामाजिक तथा राजनीतिक विषयमा राय–सुझाव लिन बैठक आवश्यक रहेकाले बोलाएको बताए ।  उनले कोरोनाको दोस्रो लहरबाट कसरी जोगिने भन्नेबारे पनि सुझावको अपेक्षा रहेको बताएका थिए । प्रधानमन्त्रीद्वारा आयोजित सर्वदलीय बैठकमा भने नेकपा माओवादी भने सहभागी भएको छैन ।

आफूहरुलले कुनै जानकारी नपाएको बताउँदै माओवादी बैठकमा सहभागी नभएको हो । त्यसैगरी, जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव पनि बैठकमा सहभागी भएनन् । उनीहरुको आरोप पनि आफूहरुले बैठकबारे जानकारी नपाएको छ । तर, जसपाबाट महन्थ ठाकुर भने सो बैठकमा सहभागी छन् । 


कस्तो लाग्यो ?

यो पनि