जेठ ०१, २०८१, मंगलबार
               

दाहाल र नेपालबीच भेटवार्ता

नेपाल फ्ल्यास
बैशाख ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान गरेकै दिन (शनिबार बिहान) दाहाल र नेपालबीच भेतवार्ता भएको हो ।कर्णाली प्रदेशमा भएको राजनीतिक तरंगपश्चात् दाहाल र नेपालबीचको भेटलाई निकै महत्वका साथ हेरिएको छ । शुक्रबार कर्णाली प्रदेशमा नेपाल समूहका सांसदले फ्लोर क्रस गर्दा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका थिए ।  

दुई नेताबीच गोप्य रुपमा कोटेश्वरस्थित एक घरमा दुई नेताबीचको भेटवार्ता भएको बताइएको छ । सो भेटमा कर्णाली प्रदेश सरकारको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको बताइएको छ ।

दाहाल र नेपालबीच भएको भेटमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै एमाले नेता घनश्याम भुसालसमेतको सहभागिता थियो ।


कस्तो लाग्यो ?

यो पनि