जेठ ०१, २०८१, मंगलबार
               

देशलाई निकास दिन कांग्रेस अग्रसर रहेको नेता सिंहको दाबी

नेपाल फ्ल्यास
चैत ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा सिर्जित राजनितिक निकासका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन् । 

मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा नेता सिंहले सो बताएका हुन् । ‘सरकारले मुलुकलाई अस्थिरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्मत चल्न सकेन,’ नेता सिंहले भने, ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको, तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निर्माणका काम गरी निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’

कांग्रेसले पाएको जिम्मेवारी सधैँ पूरा गरेको र अहिले पनि पूरा गर्ने बताउँदै नेता सिंहले मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलाई हटाउन कांग्रेस आफैँ अग्रसर भएको बताए । 

‘अहिलेको सरकारले न भष्ट्राचार रोक्यो,न सुशासन कायम गर्‍यो, न विकास निर्माणका कार्य गर्‍यो, विकास बजेटसम्म पनि खर्च गर्न सकेन’ उनले भने, ‘राजनीतिमा नैतिकताको धेरै महत्व हुन्छ । यो सरकारले नैतिकता गुमाइसकेको छ । अब यसको विकल्प तत्काल दिनुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि