जेठ ०४, २०८१, शुक्रबार
               

ओलीलाई नेपालको सुझाव : पार्टीमा आलोचना गर्नेलाई शत्रुवत् व्यवहार नगरौँ

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना गर्ने र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् ।

सोमबार अखिल नेपाल महिला संघ प्रदेश-२ द्वारा जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाउँदै सो बताएका हुन् । 

‘पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अंगिकार गरी गल्ती स्वीकार गरी अघि बढ्नुपर्छ,’ नेता नेपालले भने, ‘देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिष्ट पार्टी भए पनि पछिल्लो समय पार्टीमा संकट बढ्दै गएको छ ।’

भेलामा पार्टीका उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र मनमुटाव र गुटवाजी बढ्दै गएको र त्यसलाई रोक्नुपर्ने बताए ।

सोमकार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समूहलाई पार्टीमा फर्किन आग्रह गरेका छन् । 

 

यो पनि