जेठ ०६, २०८१, आइतबार
               

नेपाल समूहलाई पार्टीमा फर्किन ओलीको सुझाव

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहलाई आत्मआलोचना गरेर पार्टीमा फर्किन सुझाव दिएका छन् । 

सोमबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा  प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले गुटबन्दी गरेर आउनेलाई स्वीकार गर्न नसकिने बताउँदै सो बताएका हुन् । 

‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौँ । आत्मआलोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौँ,’ ओलीले भने । अब पार्टीमा गुटबन्दी नचल्ने ओलीले दाबी गरे । उनले भने,‘पार्टीले समूहगत रुपमा डिल गर्दैन् ।’

नेपालले अहिलेसम्म गरेका ‘अपराधपूर्ण काम’को आत्म आलोचना गर्नुपर्ने ओलीले बताए । नेता नेपालका गतिविधिहरुलाई आफूले अहिले पनि नियालिरहेको बताउँदै भने, ‘म सीमा हेरिरहेको छु, पार्टीलाई ध्वस्त पार्न खोजे ठीक हुँदैन ।’


कस्तो लाग्यो ?

यो पनि