बैशाख ०७, २०८१, शुक्रबार
               

कांग्रेस नयाँ विकल्पका लागि प्रयत्नरत छ : पौडेल

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस नयाँ विकल्प प्रस्तुत गर्न प्रयत्नरत रहेको बताएका छन् । 

शनिबार गृहजिल्ला तनहुँ पुगेका नेता पौडेलले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै सो बताएका हुन् । 

नेता पौडेलले भने, ‘वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको हो ।’ सो क्रममा नेता पौडेलले शुक्रबार नेपाली कांग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक भएको पनि बताए ।

नेकपा पार्टी एक हुँदा विगतमा केन्द्र र दुई वटा प्रदेश सरकारमा अविश्वास प्रस्ताव आउँदा कांग्रेसले उक्त मौका गुमाएको बताउँदै पौडेलले भने, “कांग्रेसले त्यो बेला ठूलो मौका गुमायो, अब आउने मौका पनि गुमाउने हो भने टाउकामा हात राखेर बस्नुको विकल्प हुँदैन ।’

यो पनि