असोज २४, २०८१, बिहीबार
               

अदालतले अचम्मको फैसला गरिदियो : दाहाल

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अचम्मको फैसला गरेको बताएका छन् ।  

शनिबार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रमा आफ्ना धारणा राख्ने क्रममा अध्यक्ष दाहालले सो बताएका हुन् ।

‘तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउनेबित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिदियो,’ अध्यक्ष दाहालले भने, ‘संसद पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक भए पनि त्यसपछिको अदालतको फैसला परिवर्तनविरोधी आयो ।’

सो क्रममा दाहालले आफूहरु आन्दोलनमा जानुको विकल्प नभएको बताए । ‘मजदुर, किसानलाई दुःख नदिइकन आन्दोलन गर्नुको विकल्प  छैन,’ दाहालले भने, ‘अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा म विश्वस्त छु ।’


कस्तो लाग्यो ?

यो पनि