बैशाख ०७, २०८१, शुक्रबार
               

पुनर्नियुक्त चार मन्त्रीले लिए शपथ

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

काठमाडौं । पुनर्नियुक्ति पाएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिञ्चाइँमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले लाई शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । 

पदमुक्त भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई मन्त्री नियुक्त गरेकी हुन् । अब उनीहरु ६ महिनासम्म मन्त्री पदमा रहन सक्छन् । बिहीबार मात्रै उनीहरुलाई नेकपा माओवादी केन्द्रले उनीहरुलाई कारबाही गरेको थियो ।

नेकपा एमाले प्रवेश गरेपछि यी चारैजना मन्त्रीलाई माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको थियो । बिहीबार उनीहरु पार्टीबाट निश्कासित भएको सूचना संसदमा सभामुखले वाचन गरेपछि उनीहरु सांसद पदबाट पदमुक्त भएका थिए र सँगै मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि