बैशाख ०८, २०८१, शनिबार
               

आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसको प्रस्ताव

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका छन् । 

शुक्रबार आफ्नो निवासमा भएको तीन दलको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेतासँग सो प्रस्ताव गरेका हुन् ।

बुढानीलकण्ठ सो बैठकमा सहभागी भएका एक नेताका अनुसार सो प्रस्तावमा नेकपा माओवादी सहमत भए पनि जसपा असहमति बनेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै उनले भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरुको धारणा के छ ?’ 

सोको जवाफमा जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताए भने माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।

बैठक सकिएसँगै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सकारात्मक छलफल भएको बताउँदै पुन: तीन दलको बैठक बस्ने गरी समापन भएको जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा आह्वान गरिएको सो बैठक करिब ४५ मिनेट बसेको थियो ।

यो पनि