जेठ ०२, २०८१, बुधबार
               

शुक्रबारका लागि देउवाले बोलाए तीन दलको बैठक

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।

नेपालको राजनीति पोखरीमा जमेको पानी जमे झै जमिरहेका बेला सभापति देउवाले माओवादीले सत्तामा रहेका आफ्ना नेतालाई कारबाही गरेकै दिन सो बैठक बोलाएका हुन् । 

शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका छन् । यसअघि शुक्रबार पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । कांग्रेसले सो निर्णय गरेको भोलि शुक्रबार एक साता हुँदै छ ।

यो पनि