बैशाख २४, २०८१, सोमबार
               

गण्डकी प्रदेश सरकारबाट मा‌ओवादी बाहिरियो

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा बसेर विरोध गर्नु अनुपयुक्त हुने भन्दै बुधबार सरकारबाट  बाहिरिएका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई मन्त्री थिए ।

‘सरकारमा बसेर सरकारको विरोध गर्नु अनैतिक हुने भएकाले सरकारबाट बाहिरिएका हौँ,’ बुधबारको गण्डकी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भने, ‘हाम्रो पार्टीको संसदीय दलको बैठकले प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा गर्ने निर्णय गरेकाले हामी दुवै मन्त्री म र भूमि व्यवस्था मन्त्री लेखबहादुर थापा मगरले मुख्यमन्त्रीकोमा पुगेर राजीनामा पत्र बुझाएका छ ।’


कस्तो लाग्यो ?

यो पनि