बैशाख १४, २०८१, शुक्रबार
               

अनेरास्ववियूले गर्‍यो नेपाल समूहका विद्यार्थी नेतालाई कारबाही

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेपाल समूहका विद्यार्थी नेतालाई कारबाही गरेको छ । मंगलबार अनेरास्ववियूले माधव नेपाल पक्षका तीनजना नेताहरुलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेहरुमा स्ववियूका आरति लामा, सुदेश पराजुली र वसिम आलम छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । 

संगठनमा समानान्तर कमिटी गठन गरेको भन्दै अनेरास्ववियूका अध्यक्ष ऐन महरले उनीहरुलाइ कारबाही गरेका हुन् ।

यही चैत १० गते विद्यार्थी नेतृ लामासहित मात्रव नेपाल पक्षधर विद्यार्थी नेताहरुले अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए । त्यसपछि उनीहरु स्पष्टीकरण सोध्दा जवाफ नदिएकोले कारवाही गरेको महरले एक विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । 

यो पनि