जेठ ०४, २०८१, शुक्रबार
               

माओवादी केन्द्र आज सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाँदै

नेपाल फ्ल्यास
चैत १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सर्वोच्चको फैसलाविरुद्ध आज पुनरावलोकनमा जाने भएको छ । गत माघ २३ गते सर्वोच्च अदालतको फैसलाविरुद्ध आज दिउँसो १ बजेभित्र माओवादी केन्द्र पुनरावलोकनमा जाने बताइएको छ ।

पुनरावलोकनका लागि जाने गरी तयारी भएको माआवादी केन्द्रका राष्ट्रिय सभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारीले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रले सकेसम्म आज या आगामी सोमवारसम्म सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गर्ने बताइएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्ध ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम राखेको भन्दै रिट दिएका थिए । सोही रिटबारे सर्वोच्चले गरेको फैसलापछि नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका छन् । सर्वोच्चले निवेदकको मागविपरीत निर्णय गरेको भन्दै माओवादीले पुनरावलोकनमा जाने निर्णय गरेको हो । माओवादीले अदालतको निर्णयलाई राजनीतिक निर्णयको संज्ञा दिएर पुनरावलोकनमा जाने निर्णय गरे पनि एमाले भने नजाने भएको छ ।

यो पनि