जेठ ०१, २०८१, मंगलबार
               

माओवादीले समर्थन फिर्ता नलिएसम्म सरकार गठन प्रक्रिया अघि बढ्दैन : नेता सिंह

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् । नेपाली राजनीति गतिहीन भइरहेका बेला नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो बताएका हुन् । 

सिंहले माओवादीले समर्थन गर्दासम्म यो सरकार बहुमतकै रहने बताउँदै बहुमत बाँकी नै छ भने ६३ सिट जितेको जितेको कांग्रेसले कसरी अविश्वासको प्रस्ताव राख्ने भनी प्रश्न गरे ।
‘माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने सरकारले विश्वासको मत लिनुपर्ने र त्यो बेला कसले कसलाई समर्थन गर्छ भन्ने थाहा हुन्छ,‘ कांग्रेस नेता सिंहले भने, ‘माओवादीले समर्थन फिर्ता लिएपछि न खेल सुरु हुन्छ ।’

यतिखेर नेपाली राजनीति गतिहीन अवस्थामा छ । सत्तारुढ दल नै सरकारको विरोधमा छ । तर, सत्तारुढ दल एमाले र माओवादी केन्द्रले बाहिर प्रचारित र प्रदर्शिअनुरुप नेपाली राजनीति गतिहीन अवस्थामा पुगेको हो ।

यो पनि