जेठ ०८, २०८१, मंगलबार
               

कांग्रेस सरकारमा जाँदैन : सभापति देउवा

नेपाल फ्ल्यास
चैत १०, २०७७

ADVERTISEMENT

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने सरकारमा नजाने बताएका हुन् ।

देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’

कांग्रेस अहिलेको सरकारलाई स्विकारेरै अघि बढ्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा कांग्रेस सभापति देउवा रिसाए । उनले झेक्किँदै भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ?  विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’

देउवाले कांग्रेसलाई सरकारमा जाने हतार नभएकाले विपक्षीकै धर्म निर्वाह गर्ने बताए । देउवा धरानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन विराटनगर विमानस्थल हुँदै धरान पुगेका हुन् ।

 

यो पनि