कात्तिक ३०, २०८१, शुक्रबार
               

कोरोनाका कारण बाँकेमा एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

बाँके ।कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाँकेमा एक महिलाको मृत्यु भएको छ । आइतबार नेपालगञ्ज उपमहानगरपालिका–२१ की ६९ वर्षीया ती महिलाको  भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

स्वास्थ्यमा सामान्य समस्या आएपछि माघ १६ गते भेरी अस्पतालमा उनको पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट कोरोना पुष्टि भएको थियो ।

माघ १६ गते नै अस्पतालमा भर्ना भएकी उनलाई कोरोना पुष्टि भएपछि कोभिड आइसोलेसनको आइसियूकक्षमा उपचार भइरहेको थियो ।रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापी, रेमडेसिभिरलगायत सबै प्रकारको आवश्यक सपोर्टमा भेन्टिलेटरमा राखेर उपचार गरिए पनि आइतबार बिहान २ः३८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि