बैशाख १२, २०८१, बुधबार
               

प्रधानमन्त्रीले नैतिकता देखाएनन् : नेता सिंह

नेपाल फ्ल्यास
चैत ०८, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिँदा नयाँ सरकार गठन हुन नसकेकाे बताएका छन् । उनले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताए ।

आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरूलाई कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले ओलीले न्यूनतम नैतिकतासमेत नदेखाएको उनको भनाइ छ ।

सिंहले भने, ‘खाली सरकार परिवर्तनको कुरा गरेर मात्रै हुँदैन । हामी के चाहान्छौँ त भन्दाखेरी न्युनतम रुपमा राजनीतिमा हुनुपर्ने मूल्य, मान्यता, नैतिकता भन्ने कुरा लागु हुनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ । कम्युनिष्टहरुको सरकारले पाँच वर्षसम्म दिएको म्याण्डेड पूरा गर्न सकेको छैन । र अब बाँकी रहेको समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरु लागेर अगाडि बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको भनाइ छ।’ साथै उनले अब राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनको लागि सबै दलहरू लागेर अगाडि बढ्नुपर्ने र निकास दिनुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि