बैशाख २७, २०८१, बिहीबार
               

हामी पार्टी एकताको पक्षमा छौँ : नेपाल

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।

शुक्रबार अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधनका क्रममा नेता नेपालले सो बताएका हुन् । सो क्रममा उनले भने, ‘आफूहरुले हालै भएको राष्ट्रिय भेलामा पनि पार्टी फुटाउने कुरा गरेका छैनौँ ।’

आफूहरु सधैँ पार्टी एकताको पक्षमा रहेको बताउँदै उनले अदालतको फैसलाअनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भए पनि अध्यक्ष ओली त्यसमा सहमत नुहँदा अफ्ठेरो परिस्थिति सिर्जना भएको बताए । 

उनले भने,‘पूर्वएमालेको ठाउँमा फर्किऔँ । कार्यकर्ता भेलामा भनेको कुरा के हो भने ? हामी पार्टी फुटाउने होइन । पार्टी एकताबद्ध बनाएर लैजाने हो । २०७५ साल जेठ ३ गते  दुईवटा पार्टी एकताबद्ध भए । एकताबद्ध हुनुभन्दा पहिले जेठ २ गतेसम्म जुन जुन संरचना थिए । जो–जो पदाधिकारी, सदस्य थिए । ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्छ । पार्टी एकताबद्ध भएर अघि बढाउनुपर्छ । तपाईहरु एमाले पार्टीको हुन्जेल कसैले तपाईंको पद खोस्न सक्तैन ।’

सो क्रममा उनले कार्यकर्तालाई नआत्तिकन कम्युनिस्ट आन्दोलनमा क्रियाशील रहन पनि निर्देशन दिए । 

यो पनि