असोज ०६, २०८१, आइतबार
               

कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बनेको छैन : प्रवक्ता शर्मा

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसमा प्रवक्ता विश्वप्रकाश शर्माले  नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन वातावरण सिर्जना भइनसकेको बताएका छन् । 

बिहीबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले दलहरुभित्रका सांसदबीच अन्तर कलह रहेको र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेको बताउँदै  प्रवक्ता शर्माले सो बताएका हुन् । 

प्रतिनिधिसभा निर्वाचनमार्फत् जनताले सरकार चलाउन दिएको म्याण्डेट खण्डित भइसकेको बताउँदै प्रवक्ता शर्माले अब कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ भन्नेमा आफूहरु नरहेको बताए ।सोही क्रममा उनले दलका सांसद विभाजित हुने अवस्थालाई आंकलन गरेर कांग्रेस नेतृत्व लिन अग्रसर नभएको बताए । 

नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेसले निर्णय गर्नु हतार हुने शर्माको भनाइ छ । 

यो पनि