जेठ ०४, २०८१, शुक्रबार
               

राष्ट्रिय भेला सकिनुअघि नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
चैत ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय भेला सकिनुअघि नेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै छ । 

बुधबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि सो समूहको स्थायी कमिटी बसेको हो । बैठकले भेलाको समीक्षा गरी आगामी रणनिति बनाउने बताइएको छ । 

नेकपा हुँदै फरक धारको रुपमा देखिएका नेपाल ओली सर्वोच्चको फैसलामार्फत् पुनर्जीवित एमालेमा पिन फरक धारको रुपमा स्थापित भएका छन् । सोहीअनुरुप पछिल्लो समय एकले अर्काप्रति आरोपप्रत्यारोप गर्ने क्रम जारी छ ।बिहीबार मात्रै नेपाल समूहको राष्ट्रिय भेला रहँदा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । 

सो संसदीय बैठकले गुटगत भेला नगर्न, पार्टीबाहेक अरू कसैको निर्देशन नमान्न र आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन नेताहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।

यो पनि