बैशाख ०७, २०८१, शुक्रबार
               

जसपाको नेतृत्वमा सरकार बनाउनु हुँदैन: लक्ष्मणलाल कर्ण

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले जसपाको नेतृत्वमा सरकार गठन गर्न नहुने बताएका छन् । 
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइ नयाँ सरकार बनाउने खेल चलिरहँदा शुक्रबार जसपा नेता कर्णले जसपाको नेतृत्वमा सरकार गठन भए जतिबेला पनि पल्टिने बताउँदै सो बताएका हुन् । 

‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुनसुकै बेला पल्टाइदिन्छन्,’ उनले भने, ‘त्यसैले सरकारलाई समर्थन गर्नु अलग हो । तर सरकाकै नेतृत्व गर्नु अहिले हुँदैन ।’

नेता कर्णले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताए । संविधान संशोधन, नागरिकता लगायत जसपाले उठाउँदै आएका मुद्दालाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको उनले जिकिर गरे ।

राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला आफूहरुका मागमा ओली सकारात्मक देखिएको कर्णले बताए ।

२३ फागुनको सर्वोच्चको फैसलाले पूर्ववत नेकपा ऋषि कट्टेलको भनेसँगै माओवादी र एमाले फरकफरक पार्टी भएका छन् । र, केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादीले तत्काल समर्थन गर्ने सम्भावना पनि छैन । 


कस्तो लाग्यो ?

यो पनि