जेठ ०८, २०८१, मंगलबार
               

सभापति देउवाको मौनता रहस्यमय : पौडेल

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाठौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको मौनताले रहस्यमय रहेको बताएका छन् । 

नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद/माया शान्ति पत्रकारिता पुरस्कार अर्पणका क्रममा नेपाली राजनीतिमा कांग्रेसको भूमिका ठूलो रहेता पनि सभापतिको मौनता रहस्यमय भएको बताएका हुन् । 

‘संसद्मा हाम्रो संख्या थोरै होला तर हाम्रो भूमिका महत्त्वपूर्ण छ, अब ढुलमुलरूपमा बस्नु हुन्न देशलाई निकास दिनुपर्छ,’ उनले भने । उनले आफू निर्णायक भूमिकामा नभएकाले अहिले सुझाव मात्र दिन सक्ने बताए ।

वरिष्ठ नेता पौडेलले मुलुकलाई सही ढंगले चलाउने सक्ने पार्टी कांग्रेस मात्र रहेको दाबी समेत गरे । पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपश्चात् सभापति देउवाको भूमिकाप्रति नेपाली कांग्रेसकै ठूलो पंक्ति असन्तुष्ट छ । प्रतिनिधिसभा विघटनको समयदेखि मध्यमार्गी बनेका देउवा अझै पनि सोही मार्गमा छन् । जसका कारण पछिल्लो समय उनीमाथि सही समयमा सही निर्णय लिन नसक्ने भनी आरोप लाग्दै आएको छ । 

कार्यक्रमका क्रममा नेता पौडेलले तीन दशकदेखि पत्रकारितामा क्रियाशील हिमनिधि लौडारीलाई नगद २५ हजारसहित सम्मान गरेका थिए ।

यो पनि