बैशाख २४, २०८१, सोमबार
               

राष्ट्रिय भेला नरोक्ने र ओलीकाे कुनै पनि निमन्त्रणामा सहभागी नहुने निर्णय

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने  निर्णय गरेको छ ।

आज धुम्बराहीमा बसेकाे ओली समूहसँगकाे संयुक्ता वार्तापछि नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी चैत ४ र ५ का लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको बताइएकाे छ ।नेपाल समूह यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले निम्ता गरेको चियापान कार्यक्रम र केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँगको छलफलमा वरिष्ठ नेता नेपालले २८ फागुनको निर्णय फिर्ता लिन माग गरेका थिए । तर,  अध्यक्ष ओलीले भने २८ फागुनको निर्णय फिर्ता हुन नसक्ने बताएका थिए ।

यो पनि