कात्तिक १५, २०८१, बिहीबार
               

माओवादीले गृहमन्त्री बादलसहित एमाले प्रवेश गरेकालाई कारबाही गर्दै

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा लागेका नेतामाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले कारबाहीको तयारी सुरु गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकरी दिए । 

माओवादी केन्द्रले एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा बादललगायत ६ जना मन्त्रीलाई कारबाही गर्न लागेको हो । हाल माओवादीमा नफर्किनेहरुमध्ये एमालेले केन्द्रीय समितिमा मनोनीत गरेका २३ जनालाई कारबाही गर्न लागेको जनाइएको छ । ‘शनिबारको निर्णयअनुसार पार्टीले आइतबार कारबाहीको निर्णय गर्न लागेको हो,’ साहले भने ।
स्थायी कमिटीको शनिबारको गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङ, श्रममन्त्री गौरीशंकर चौधरीलाई कारबाही गर्दै छ । उनीहरुलगायत एमालेका केन्द्रीय सदस्य मनोनीत भएका २३ जनालाई शनिबारै २४ घन्टे स्पष्टीकरण सोध्न निर्णय गरेको थियो ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको शुक्रबार बालुवाटारमा बसेको बैठकले माओवादी केन्द्रका नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

उक्त निर्णयसँगै एमालेमा विवाद चर्किएको छ भने माओवादी केन्द्रले पनि एमाले प्रवेश गरेकालाई कारबाहीको तयारी गरेको छ । सरकारमा सामेल बादलसहितका मन्त्रीले सांसद पद गए पनि एमालेको ओली समूहलाई नै साथ दिने निर्णय गरिसकेको छ। 

 


कस्तो लाग्यो ?

यो पनि