कात्तिक १५, २०८१, बिहीबार
               

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सर्वोच्चको आदेशपश्चात् ब्यूँतिएको सो दलको पहिलो केन्द्रीय कमिटी बैठक आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडमा बसेको हो ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी केन्द्रले लिने भूमिका, एमालेमा गएका नेताहरूलाई कारबाही गर्ने तथा पार्टीको नामबारे छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेलको रहेको भन्दै साविकको नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई ब्यूँताइदिएपछि एमालेबाट नफर्केका नेताहरूको नाम एमालेको केन्द्रीय समितिमा आएपछि माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई हिजो २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

अहिले गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

उनीहरु माओवादी केन्द्रका नेता हुन् । उनीहरूसँगै २३ जना नेताहरूलाई माओवादी केन्द्रले कारबाही गर्ने तयारी गरिरहेका बेला उनीहरुले कारबाही भोग्ने, तर ओलीको साथ नछाड्ने बताउँदै आएका छन् । 

यसका अलावा सो बैठकमा तीन वर्षपछि माओवादी अलग भएकाले पार्टीको संगठन पुनर्संरचनाबारे पनि छलफल हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि