बैशाख २७, २०८१, बिहीबार
               

फुट्न लागेको एमालेलाई मिलाउन वामदेव गौतमको रस्साकस्सी

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो क्रममा विवादित बन्दै गएर फुटको संघारमा पुगेको पार्टी नेकपा (एमाले) लाई मिलाउन उक्त पार्टीकै नेता वामदेव गौतमले कम्मर कसेका छन् ।

पार्टी नेता तथा एकता अभियानका संयोजकसमेत रहेका गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न पार्टी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालसँग छलफल गर्न लागेका हुन् ।

उक्त अभियानको शनिबार बसेको बैठकले पार्टी भित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय भएको उनको सचिवालयले जनाएको छ । 

अध्यक्ष ओलीको नेतृत्वमा शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णय गरेपछि नेपाल पक्षका नेताहरु असन्तुष्ट भएकाबेला अभियानका संयोजक गौतमले आफ्नो सक्रियता बढाएका हुन् । 

नेता गौतमले अध्यक्ष ओली र नेता नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने तयारी भएको बताइएको छ । शुक्रबारको बालुवाटार बैठकको निर्णयपछि नेता नेपाल पक्षले  शनिबार पार्टीभित्र समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि