जेठ ०८, २०८१, मंगलबार
               

कांग्रेस र जसपाका नेताबीच छलफल सुरु

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेस र जसपाबीच छलफल सुरु भएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकलगत्तै कांग्रेस र जसपाबीच बैठक सुरु भएको हो ।

यसअघि सरकारमा जान हुँदैन भनी दबाब दिँदै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार मात्रै सभापति देउवालाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल सुरु गर्न सुझाव दिएका छन् ।  

सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि सभापति देउवाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएका थिए । 

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको सहयोग लिन खोजेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् ।

कांग्रेस आफैँले भने आफ्नो नेतृत्वमा सरकार गठनको अग्रसरता देखाएको छैन । नेताहरुका अनुसार यो विषय जसपा नेताहरुसँग शुक्रबार हुने छलफलमा धेरै भर पर्छ ।

फागुन २३ को सर्वोच्चको फैसलासँगै सत्तासाझेदारीका लागि जसपा मुख्य घटकको रुपमा स्थािपत भएको छ । 

 

  

 


कस्तो लाग्यो ?

यो पनि