बैशाख २२, २०८१, शनिबार
               

सरकारमा जाने र पार्टी एकता हुनसक्ने विप्लवको संकेत

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुको प्राथमिकता तीनबुँदे सहमति भएको बताउँदै भविष्यमा सरकारमा जाने र पार्टी एकता हुने संकेत गरेका छन् । 

बिहीबार आफूनिकट इरातोखबर डिजिटल पत्रिकालाई अन्तर्वाता दिने क्रममा महासचिव विप्लवले सो संकेत गरेका हुन् । 

‘पार्टीका कुरा सरकारका कुरा हुँदै नभएको विषय ल्याइएको छ,’ विप्लवले भने, ‘हुँदै हुन्न भन्ने विषय होइन भोलि जे पनि हुनसक्छ ।’

विप्लवले आफूहरुको उद्देश्य नेपालको कम्युनिस्ट आन्दोलनलाई एक ठाउँमा ल्याउने रहेको बताए । देश संकटमा रहेकाले समाधानको विषयमा आफूहरु केन्द्रित रहेको बताए । 

सोही क्रममा उनले निरन्तर संवाद र सक्रियताका कारण तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएको बताए । सरकार र विप्लवबीच केही दिनअघि मात्रै तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सोसँगै उनी खुला रुपमा राजनीतिक भेटघाटमा छन् ।

यो पनि