बैशाख २७, २०८१, बिहीबार
               

माओवादीका सात नेता एकता भंगपछि पनि एमालेमै रहे

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतले ४१ महिनापहिले भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अस्वीकार गरेपछि नेकपा एमाले र माओवादी दल पुन: ब्यूँतिएको छ । सर्वोच्च अदालतले गतआइतबारको फैसलामार्फत् ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिँदै साबिकका एमाले र माओवादी केन्द्र कायम रहने निर्णय सुनाएपछि दुवै दलका नेताहरु आ–आफ्नो दलमा फर्किएका छन् ।

तर, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका नेताहरु भने नेकपा एमालेमै रहने भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा माओवादी पक्षका नेताहरूबीचमा भएको छलफलमा सबै नेता एक ढिक्का भई एमालेमै बस्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा‘बादल’सहित माओवादी पक्षका नेताहरूबीच भएको छलफलमा एमालेमै बस्ने निर्णय गरेको खानेपानी मन्त्री मणि थापाले बताए । ‘अहिले माओवादी पक्षबाट आएका नेताहरु सबै एमालेमै बस्ने निर्णय भयो,’ थापाले भने, ‘अरू कसलाई कुन पद दिनेलिने भन्ने विषयमा सामान्य छलफल मात्रै भएको छ।’ एकतामा कति हिस्सेदारी लिने भन्ने विषय पनि प्रवेश नभएको थापाले बताए ।

माओवादी पक्षबाट प्रधानमन्त्री ओलीलाई साथ दिनेमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा तामाङ छन् । सबै माओवादी नेतालाई ओलीले मन्त्री बनाएर आफ्नो पक्षमा पारेका थिए ।


कस्तो लाग्यो ?

यो पनि