बैशाख २७, २०८१, बिहीबार
               

माओवादी केन्द्रमा फर्किने सम्भवाना छैन: मन्त्री भट्ट

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं  ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री भट्टले सो बताएका हुन् ।

‘हामी छलफलमा छौँ, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौँ । समर्थन फिर्ता लियो भने पनि पार्टी (माओवादी केन्द्रमा) मा फर्किने सम्भावना मैले देख्दिन,’ सो क्रममा मन्त्री भट्टले भने, ‘सांसद पद गए पनि एमाले नछोड्ने ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘पुरानो पार्टीमा नफर्किँदा सांसद पद जाने/नजाने बारेमा छलफल गर्दैछौँ । के हुन्छ ? सोचेर निष्कर्ष निकाल्छौँ ।’

भट्ट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । सो क्रममा अझै एकताको विषयमा छलफल भइरहेको उनको भनाइ छ ।      

 


कस्तो लाग्यो ?

यो पनि