बैशाख २४, २०८१, सोमबार
               

ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्छ: खनाल

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् ।

फागुन २३ मा सर्वोच्चले यसअघि ओली र दाहालले नेतृत्व गरेको नेकपा ऋषि कट्टेलको भनी फैसला, र निर्वाचन आयोगले पूर्ववत एमाले र पूर्ववत मओवादी भनी संबोधन गरी पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र आयोगमा निवेन दिन भनेको भोलिपल्ट झलनाथ खनालले सो बताएका हुन् । 

‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु,’ पूर्वप्रधानमन्त्री खनालले संसद भवन परिसरमा बुधबार पत्रकारहरुसँग भने ।

सरकार टिकाउने दायित्व प्रधानमन्त्रीको हो कि तपाईंहरुको पनि हो भन्ने प्रश्नमा खनालले भने, ‘हाम्रो पार्टी नेकपा एमालेको । कुनै व्यक्तिले जोगाएर पनि जोगिँदैन । पार्टीले जोगाउन थालेपछि जोगिन्छ । हामी जोगाउनै लाग्छौँ ।’


कस्तो लाग्यो ?

यो पनि