बैशाख २७, २०८१, बिहीबार
               

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो बैठक बाेलाइएकाे हाे ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको अबको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता तथा सांसद हेमकुमार राईले बताए । साथै दिउँसो १ बजे बस्ने बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने बताएइकाे छ ।

ओली पक्षमा लागेका नेताहरूलाई पार्टीमा बोलाउने वा कारबाही गर्नेबारे पनि निर्णय गर्ने बताइएको छ । रामबाहदुर थापा ‘बादल’ टोपबहदुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु शाहलगायतका नेताहरू ओली समूहमा लागेका छन् ।


कस्तो लाग्यो ?

यो पनि