बैशाख २७, २०८१, बिहीबार
               

विप्लवको सुरक्षामा १० प्रहरी

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षामा सरकारले १० प्रहरीलाई खटाएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सुरक्षा दिइरहेको छ । भर्खरै वार्तामा आएकाले अहिले उनीमाथि सुरक्षा जोखिम हुन सक्ने भन्दै प्रहरीले सुरक्षाकर्मी परिचालन गरेकाे हाे ।

दुई वर्षपछि सार्वजनिक भएका विप्लव जेलमा रहेका सहकर्मी भेट्नेदेखि अन्य राजनीतिक भेटवार्तामा व्यस्त हुन थालेका छन् । उनले पछिल्लो दुई दिनमा नख्खु कारागारमा रहेका आफ्नै पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुर्दशन’लाई भेटेका थिए ।

यस्तै उनले नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, सिपी गजुरेल, नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतसँग भेट गरेका छन् । साथै पूर्वसभामुख कृष्णबहादुर महरालाई आज भेटेका छन् ।  उनले नेता–कार्यकर्तासँग भेटघाटलाई तीव्रता दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि