बैशाख २५, २०८१, मंगलबार
               

मुख्य-मुख्य विषयमा जनमत संग्रह गर्नुपर्छ: बाँस्तोला

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले मुख्य-मुख्य विषयमा जनमत संग्रह हुनुपर्ने बताएका छन् । 

शनिबार राजधानी काठमाडौंमा भएको एक कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा बाँस्तोलाले सो बताएका हुन् । केही दिनअघि मात्रै सरकाले विप्लव समूहलाई सरकारले यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रतिबन्ध फुकुवा भएसँगै शुक्रबार ओली र महासचिव चन्दले शुक्रबार तीनबुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

‘जनताको मत लिने गरौँ। हरेक विषयमा जनतमसंग्रह गरौँ भनेका छौँ,’ उनले यसले जनतालाई परिचालित गर्ने बताउँदै भने, ‘पूर्ण लोकतान्त्रिक प्रक्रिया, जनवादी प्रक्रिया आवश्यक छ । यो प्रकारणको लोकतान्त्रिक समाज बनाऔं । अहिले हामी सरकारसँग छलफल गर्छौं । सेट अफ आईडियाज छ । हामी राख्छौं । खाका छ । हामी भन्छौं । नयाँ दिशामा जानुपर्छ ।’

संसदीय राजनीतिक व्यवस्थाले मुलुकलाई निकास नदिने बताउँदै उनले सो क्रममा अहिले संसद् विघटन गर्नुपर्ने अवस्थामा पुगेको बताए । 

दलभित्र तनाव पैदा भएको बताउँदै उनले संसदीय दलभित्र लडाइ चलिरहेको बताए । ‘अदालतले संसद् पुनर्स्थापना गरेको छ। अहिले संसदीय दलभित्र लडाइ चलिरहेको छ,’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि