बैशाख २७, २०८१, बिहीबार
               

केही सांसद आफ्नो समूहमा आउन चाहिरहेका छन्: प्रचण्ड

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली समूहमा रहेका नेताहरुलाई आफूतर्फ फर्कन आग्रह गरेका छन् । शुक्रबार आफू संसदीय दलको नेताका रुपमा चयन भएसँगै संसदीय दलको बैठकलाई संबोधनका क्रममा अध्यक्ष दाहालले सो आग्रह गरेका हुन् । 

संबोधनका क्रममा अध्यक्ष दाहालले आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको दाबी गर्दै केही सांसद आफू संसदीय दल भएको दलमा इच्छा व्यक्त गरेको पनि खुलासा गरे । यद्यपि उनले को-को आउन चाहिरहेका छन् भन्ने कुरा भने उनले खुलाएनन् । 

नेकपाको प्रतिनिधिसभामा १७२ छन् । सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन बदर गरेसँगै नेकपाका दुवै पक्ष एकअर्काका सांसद आफू पक्षीय पार्न तल्लीन छन् ।

यो पनि