बैशाख २४, २०८१, सोमबार
               

चन्दले नेपाली जनताको मन जिते : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग भएको तीनबुँदे सहमति लामो प्रयासको परिणाम भएको बताएका छन् । 

यही बुधबार प्रतिबन्धित विप्लव समूहसँग भएका दुई चरणका वार्ता सकारात्मक भई सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएसँगै संयुक्त संबोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् ।       

लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको सो क्रममा प्रधानमन्त्री ओलीले बताए । राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित समारोहमा ओलीले भनेका छन्, ‘यो फोर्स ल्यान्डिङ पनि होइन, क्र्यास ल्यान्डिङ पनि होइन, सेफ ल्यान्डिङ हो ।’

ओलीले भने ‘यो साहसिक कदम हो ।’ सो क्रममाम प्रधानमन्त्री ओलीले शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको पनि बताए ।


कस्तो लाग्यो ?

यो पनि