बैशाख २४, २०८१, सोमबार
               

नवलपरासीबाट काठमाडौं प्रस्थान गरे विप्लव

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारद्वारा प्रतिबन्ध फुकुवा भएसँगै नेत्र बिक्र चन्द (विप्लव) आज नवलपरासीका सहिद परिवारलाई भेटेर सरकारसँग सम्झौताको लागि हस्ताक्षर र सम्बोधन गर्न काठमाडौं प्रस्थान गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज एउटै मञ्चमा देखिने भएका हुन् ।  सरकारी र नेकपाको वार्ता टोलीबीच भएको तीन बुँदे सहमति अनुसार ओली र चन्दले आजै संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

दिउँसो २ बजे राष्ट्रिय सभामा सहभागी हुनको लागि राति नै आउने तयारी गरेका विप्लव आज विहान नवलपरासीबाट काठमाडौं प्रस्थान गरेको विप्लव निकट स्रोतले जनाएको छ ।

सरकारले नै प्रतिबन्ध लगाएर हत्या र हिंसा मच्चाउँदै आएका विप्लव पछिल्लो समय सरकार र सोही विप्लव समूहबीच सहमति भएपछि आज नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुने भएका हुन् । 


 


कस्तो लाग्यो ?

यो पनि