बैशाख २४, २०८१, सोमबार
               

भूमिगत रहेका विप्लव आज काठमाडौंमा सार्वजनिक हुँदै

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । लामो समयदेखि भूमिगत रहेका नेत्र बिक्रम चन्द (विप्लव) आज राजधानीस्थित राष्ट्रिय प्रज्ञा भवनमा सार्वजनिक हुने भएका छन् ।

सरकारले नै प्रतिबन्ध लगाएर हत्या र हिंसा मच्चाउँदै आएका विप्लव पछिल्लो समय सरकार र सोही विप्लव समूहबीच सहमति भएपछि आज नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुने भएका हुन् ।

सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवलेसमेत एकै मञ्चबाट सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

विप्लव समूहलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि