बैशाख २७, २०८१, बिहीबार
               

शंकर पोखरेल र भुसालबीच भेटवार्ता

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच भेटघाट भएको छ । 

पुस ५ मा प्रतिनिधिसभा विघटनपश्चात् दुई धारमा विभाजित भएसँगै दुई पक्ष पानी बारबार अवस्था र राजनीतिक जटिलता बढ्दै गइरहेका बेला बिहीबार उनीहरुबीच भेट भएको हो । दुई नेताबीच संसद सचिवालयमा दुई नेताबीच लगभग पौनेघण्टा कुराकानी भएको छ ।

नेकपाको एकता जोगाउनुपर्छ भन्ने मत राख्ने दुई नेताले एकअर्कालाई ‘भेटौं, कुराकानी गरौैं’ भन्दै आएका थिए । मुख्यमन्त्री पोखरेल बिहीबार नै बुटवल फर्किने तयारी थिए । त्यसअघि भुसाललाई भेटेका हुन् ।

दुई खेमामा विभाजित नेकपाको शीर्ष नेताहरुबीच सम्वाद टुटेका बेला ओली समूहमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालको भेटलाई महत्वका साथ हेरिएको छ । भेटका क्रममा दुवै नेताले पार्टी एकता जोगाउन मुस्किल भएको भनी चिन्ता व्यक्त गरेका थिए । एक स्रोतका अनुसार छलफल केन्द्रित थियो । 


कस्तो लाग्यो ?

यो पनि