बैशाख १५, २०८१, शनिबार
               

दाहाल-नेपाल पार्टी एकताको सन्देश पठाइरहेका छन् : भट्ट

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं  । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले  दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पद छाडेको खण्डमा एकता हुने भन्दै आफूलाई सन्देश पठाइरहेको बताएका छन् ।शुक्रबार हेटौँडामा औद्योगिक क्षेत्रको उद्घाटन गर्ने क्रममा मन्त्री भट्टले सो बताएका हुन् ।

‘प्रधानमन्त्रीले कुनै पद छाड्नुहुन्न । हामी निर्वाचनमा जाने अवस्था सिर्जना गर्छौँ,’ मन्त्री भट्टले भने, ‘सर्वोच्चले हाम्रो पक्षमा फैसला गर्‍यो भनेर लड्डु बाँड्नुपर्दैन । हामी पुस ४ को अवस्थामा पुगेका मात्र हौँ । अब सदनभित्रै हामी लड्नेछौँ।’

आफ्नो पार्टीभित्रै षड्यन्त्र र प्रतिपक्षी जन्मिएकाले बाध्य भएर जनतामा जाने निर्णय गरेको बताउँदै उनले अहिले मांसाहारी आन्दोलन गर्ने समय नभई देश विकासको दिशामा अगाडि बढ्ने समय भएको बताए ।

पार्टीभित्र ध्वंस गर्ने र आँगो लगाउने काम भएको बताउँदै मन्त्री भट्टले स्थिर सरकार रहने अवस्था नरहँदा  सरकारको काम अस्तव्यस्त बनेको बताउँदै भने, ‘जसका कारण  बाध्य भएर प्रतिनिधिसभा भंग गरियो ।’ 

मन्त्री भट्टले सर्वोच्च अदालतको फैसलाले देशमा राजनीतिक अस्थिरता पैदा गराएको मन्त्री भट्टको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि