बैशाख २३, २०८१, आइतबार
               

नेतालाई नेपालले भने, आउनूस् हामी कसैलाई पनि भेदभाव गर्दैनौँ

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकता हुन नसक्ने बताएका छन् । 

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले सो बताएका हुन् । सो क्रममा उनले ओलीसँग एकता हुन्छ भन्ने अलमलमा नपर्नसमेत आग्रहसमेत गरे ।

‘संविधान र लोकतन्त्रमाथि घात गरेर अगाडि बढ्ने, सर्वोच्च अदालतले अह्राएपछि पनि मेरो कुरा ठीक हो भन्नेसँग एकता हुन्छ भन्ने अलमलमा नपर्नुहोस्,’ अध्यक्ष नेपालले एकताको सम्पूर्ण ढोका ओलीले बन्द गरिसकेको बताउँदै भने, ‘एकताको बेलुन उडाउने अनि हामीविरुद्ध निर्णय लिँदै हिँड्ने गरिरहेका छन् । ओलीसँग एकता सम्भव छैन, तर त्यहाँ रहेका साथीहरु आउँछन् भने कसैलाई भेदभाव गरिँदैन । ओलीको पक्षमा लागेको आधारमा प्रतिशोध लिइँदैन ।’

सर्वोच्च अदालतको फैसला आउनुअघिको अभिव्यक्तिका आधारमा कसैलाई पनि भेदभाव नगर्ने बताउँदै नेपालले केपी ओली समूहमा रहेका सबैलाई आफ्नो समूहमा फर्कन आह्वान पनि गरे । 


कस्तो लाग्यो ?

यो पनि