बैशाख २७, २०८१, बिहीबार
               

परिचयपत्र र नागरिकतासहित केन्द्रीय सदस्यलाई उपस्थित हुन दाहाल-नेपाल समूहको निर्देशन

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफूपक्षीय केन्द्रीय सदस्यलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । 

सिंहदरबारमा बसेको सचिवालय बैठकले बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कमिटी बैठकमा परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको हो । 

दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुधबार दिउँसो एक बजे पेरिसडाँडामा बस्ने बताइएको ५ ।  यो समूहले गएको ७ फागुनमा पनि नागरिकतासहित उपस्थित हुन केन्द्रीय सदस्यलाई आह्वान गरेको थियो । 

यो समूहले गएको २० माघमै पार्टी वैधानिकता दावी पत्र निर्वाचन आयोगमा पेश गरेको छ । तर, आयोगले निर्णय गरेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा स्पष्ट दुई धारमा विभाजित भएको छ । जसका कारण कुनै समय एकै जंगलमा दुई सिंह मिलेर बसेको उपमा दिएर मुस्कुराउने दुई सिंह यतिखेर एकअर्काप्रति ङ्यार-ङ्यार र ङुरर्- ङुरर् गर्दैछन् ।


कस्तो लाग्यो ?

यो पनि