बैशाख १६, २०८१, आइतबार
               

कम्युनिस्ट र कांग्रेसमा केही फरक छैन: यादव

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसका विरूद्ध संघर्ष गरियो, उनीहरूसँगै सत्ता साझेदारी गरेर उपलब्धि नहुने रहेछ भन्दै विगतको अनुभव स्मरण गरेका छन् । 

सोमबार जसपाको प्रचार विभागद्वारा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै नेता यादवले सो बताएका हुन् । ‘जसकाविरूद्ध लडियो, उसैसँग सहकार्य गरेर, दुई चारवटा मन्त्रालय मागेर केही गर्न नसकिने रहेछ,’ अध्यक्ष यादवले भने ।

सो क्रममा उनले जसपा अहिको सबैभन्दा प्रगतिशील पार्टी भएको जिकिर गर्दै पार्टी एकीकरणमार्फत् आफ्नै बलबुताले अब यो मुलुकलाई चलाउने र गति दिने निर्णायक शक्ति बन्ने बताए । उनले भने, ‘हामी आफ्नै शक्तिले मुलुक चलाएर देशलाई गति दिन्छौँ ।’

अध्यक्ष यादवले नेपालका सबै तस्कर, भ्रष्टाचारी र नवधनाढ्यहरु कम्युनिस्ट भइसकेका र यो धन र सत्ता कमाउन सबैभन्दा सजिलो पार्टी भइसकेको आरोप लगाए ।

सर्वहारा वर्ग, किसान र मजदूरको कुरा मात्र गरिरहेको उनले बताए । सो क्रममा उनले नेपालमा धेरै कम्युनिस्ट सरकारहरु बनिसकेको बताउँदै उनले नीति तथा कार्यक्रम र बजेट कांग्रेसका भन्दा केही फरक नभएको बताए ।सोही क्रममा उनले कांग्रेस कतिपय नेताको चाहना संघीयता सकियोस् भन्नेमा रहेको आरोप लगाए ।

यो पनि